माघ २०, २०८२
ओमिक्रोन नियन्त्रणमा सरकार पूर्णरूपमा तयार– जयराम मन्त्री यादव

ओमिक्रोन नियन्त्रणमा सरकार पूर्णरूपमा तयार– जयराम मन्त्री यादव

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले विगतको सिकाइका कारण सरकारले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणमा सजग हुँदै राम्रो तयारी गरेको जानकारी दिनुभयो ।

मन्त्री यादवले प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा शय्या थप गरी २०० पु¥याइएको छ भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गरिबीलाई रोजगारी र उत्पादनसँग जोड्नु पर्ने आवश्यक्ता औँल्याउनुभयो । कार्यक्रममा इन्सेकका प्रमुख सोमराज थापा, मानवअधिकारकर्मी गीता दाहाल, सञ्चारकर्मी गणेश लम्साललगायतले स्थानीय निकायमा सार्वजनिक सुनवाइको माध्यमबाट समस्था समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।