पुस ९, २०८१
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा

बन्दियागारा, मध्य मालीमा भएको यस विस्फोटमा सात जना टोगोका नागरिक र मालीका एक ठेकेदारको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका मिसनले बुधबार आफ्नो ट्विटर खातामा घोषणा गरेको छ । संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गत महिना उत्तरी मालीमा भएको आक्रमणमा घाइते भएका इजिप्टका शान्ति सैनिकको सोमबार मृत्यु भएको पुष्टि गर्नु भएको छ । काउन्सिलका सदस्यहरूले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।