चैत्र ८, २०८२
स्रोत नखुलेको १८ लाखसहित वीरगञ्जबाट दुई जना पक्राउ

स्रोत नखुलेको १८ लाखसहित वीरगञ्जबाट दुई जना पक्राउ

प्रहरीले स्रोत नखुलेको १८ लाखसहित वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् ।

घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगदसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।