रक्षामन्त्रीद्वारा निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण
सरकारले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा उच्च तहको शिक्षा प्रवद्र्धन तथा अध्ययन अनुसन्धान गर्न विसं २०७६ मङ्सिरमा साँगा भञ्जाङमा ७५० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप उक्त विश्वविद्यालय निर्माणको कार्य अघि बढेको हो । विद्यालयलाई अघि बढाउने क्रममा पूर्वाधार निर्माण समितिसमेत गठन भई काम अघि बढिसकेको छ । रक्षामन्त्री डा रिजालले आजै भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको समेत निरीक्षण गर्नुभएको छ । उक्त प्रतिष्ठानमा सैनिक अधिकृतमा छनोट भएका शिक्षार्थीलाई तालिम प्रदान गरिन्छ ।