माघ २१, २०८२
 देशभर पछिल्लो २४ घण्टामा थप २९० मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २९० मा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको नमुना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २३२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख नौ हजार ३८७ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४७ लाख ८४ हजार २३१ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ८९ हजार १२४ पुगेको छ । कूल सङक्रमण दर १७ दशमलव तीन प्रतिशत छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८१४ रहेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या २५ र आईसीयूमा ९५ जना छन् । होम आइसोलेसनमा चार हजार ९९३, संस्थागत आइसोलेसनमा २४९ रहेको छ ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरुमा काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरुमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ८२३, ललितपुर ५९१ र भक्तपुरमा ४९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।