माघ २१, २०८२
पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरस देखिएको छ ।

9-7 corona

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा २४१ जना र एन्टीजेन परीक्षण गर्दा  ५२ जनामा कोरोना देखिएको छ ।

यस्तै, २६३ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण २ जनाकाे मृत्यु भएकाे छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या पाँच हजार १६१ रहेको छ ।