माघ २१, २०८२
नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण

नेपालमा थप एक जनामा कोभिड- १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

बुधबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराइन् ।

मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका वृद्धमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ।

यसअघि मंसिर १९ गते दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । याे सँगै नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।