माघ २१, २०८२
 वैशाख १४ मा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

वैशाख १४ मा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

 निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अनुसार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग भएको छलफलमा सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरिएको हो  ।

आयुक्त यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण  तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।