माघ २१, २०८२
 कोभिड–१९ विरुद्धको थप साढे ६ लाख बढी  खोप नेपाल आइपुग्यो

कोभिड–१९ विरुद्धको थप साढे ६ लाख बढी खोप नेपाल आइपुग्यो

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत शुक्रबार बिहान खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिड विरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।covid  vac 

प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रायले पुस ३ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।