माघ २१, २०८२
देशका विभिन्न क्षेत्रमा हिमपातको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

देशका विभिन्न क्षेत्रमा हिमपातको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहने छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ। हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।