श्रावण २२, २०८२
निजी विद्यालय बन्द भएको अवधिको तलब सरकारले बेहोर्नु पर्ने इष्टुको माग

निजी विद्यालय बन्द भएको अवधिको तलब सरकारले बेहोर्नु पर्ने इष्टुको माग

उनीहरुले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेट गरी लकडाउनमा विद्यालय बन्द भएको अविधको तलब भत्ता राहतस्वरुप सरकारले बेहोर्नु पर्ने माग राखेका हुन् । उनीहरुले आफूहरुले करिब ६ महिनादेखि तलब नपाएको बताउँदैे तलब तुरुन्त दिनुपर्ने माग राखेका छन् ।

लामो समयदेखि तलब नपाउँदा आफूहरु आर्थिक मारमा परेको उनीहरुको भनाइ छ । इष्टुले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु लामो समयदेखि पेशागत समस्यामा रहेको जनाएको छ ।

निजी विद्यालय सञ्चालकहरु यस विषयमा खासै संवेदनशील नभएको बरु शिक्षक कर्मचारीहरुलाई निष्कासन गरिरहेकाले विद्यालयबाट शिक्षक कर्मचारी निष्कासन गर्ने काम तुरुन्त रोकि निष्कासित शिक्षक कर्मचारीलाई पुनर्बहाली गर्न शिक्षा मन्त्री समक्ष माग राखेका छन् ।

IMG-2308-791x1024 education साथै, सम्पूर्ण संस्थागत विद्यालय र कार्यरत शिक्षक कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराइनु पर्ने, दर्ता नहुने विद्यालयको लेख परीक्षण राकिनु पर्ने, सरकारले तोके अनुसारको नियुक्ति तथा तलब भत्ता दिनु पर्ने, शिक्षा एन तथा नियमावली अनुसार व्यवस्थापन समिति गठन गरी विद्यालय ऐन नियमावलीसँग नबाझिने गरी विद्यालय विनियमावली बनाईनु पर्ने लगायतका माग राखेका छन् ।