पुस ९, २०८१
कोरोनाले आमाबुवा गुमाएका बालबालिकाका लागि 'भरोसा छात्रवृत्ति अभियान'

कोरोनाले आमाबुवा गुमाएका बालबालिकाका लागि 'भरोसा छात्रवृत्ति अभियान'

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन्। 

उनले कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकाहरूको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरू गरेको बताए।

महामन्त्री थापाले बालबालिकाहरूमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरूका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए।

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा सुरू हुनेछ। 

उक्त जिल्लामा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरूको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध गराउने बताए।