पुस ९, २०८१
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको उत्कृष्ट सुरूआत, राहुलको शतक

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको उत्कृष्ट सुरूआत, राहुलको शतक

सुपर स्पोर्ट्स पार्कमा पहिलो टेस्टको पहिलो दिन टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९० ओभरमा ३ विकेट गुमाउँदै २७२ रन बनायो।

उपकप्तान तथा ओपनर केएल राहुलको शतकमा भारतले दक्षिण अफ्रिकाविरूद्धको पहिलो टेस्टमा उत्कृष्ट ब्याटिङ गरेको छ। 

भारतका लागि ओपनर राहुल १ सय २२ रन बनाएर अविजित छन्। टेस्ट करिअरको सातौं शतक प्रहार गर्ने क्रममा राहुलले २ सय ४८ बलमा १६ चौका र १ छक्का प्रहार गरिसकेका छन्।

यस्तै अजिक्या रहाणे ४० रनमा अविजित छन्। चौथो विकेटको लागि राहुल र रहाणेबीच ७३ रनको साझेदारी भईसकेको छ 

यसअघि भारतका ओपनर मयंक अग्रवाल र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए।

अग्रवाल ६० रनमा एलबीडब्लू आउट भए। त्यसअघि उनले १ सय २३ बलमा ९ चौका प्रहार गरे । लगत्तै अर्को बलमा चेतेश्वर पुजारा गोल्डेन डक आउट भए ।