कर्णालीका डेढ लाख बालवालिले लगाय कोभिड विरुद्धको खोप
कर्णाली प्रदेशका ९ जिल्लाका बालवालिकालाई कोभिड विरुद्धको मोर्डना खोप दिन सुरु गरिएको छ।
दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा बालबालिकालाई आइतबारदेखि मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पुस १४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाइनेछ ।

९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिइएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए। उनका अनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिन थालिएको हो। सुर्खेतमा भने यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ खोपको पहिलो मात्रा दिइएको छ । १४ गतेसम्म सबै विद्यालयका बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य राखियको बतायका छन्