फोन गर्ने बहानामा मोवाईल चोरी गर्ने दुईजना पक्राउ
फोन गर्ने बहानामा मोवाईल चोरी गर्ने दुईजना पक्राउ परेका छन्।
आफू बाहिर बाट आयको र जाने स्थानको जानकारी नभएको भने बहाना बनाइ अरुको मोवाईल फोन मागी फोन गर्न सहयोग माग्ने र उक्त मोवाईल लिएर भाग्ने कार्य गर्ने वीरेन्द्रनगरका दुईजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आईतबार पक्राउ गरेको हो।
करिब दुई हप्ता अघिदेखि मोटरसाइकल सवार उक्त समूहले मोबाइल चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी निवेदन परे पछि निवेदनका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाहीले जानकारी दिए।
उनका अनुसार वीरेन्द्रनगर नगरपालिका १ का १९ बर्षका एकजना र १८ बर्षका एकजना पक्राउ परेका छन्।
पक्राउ परेका दुईजनाको साथबाट ‘रियलमी’ र ‘भिभो वाई-२’ मोवाईल बरामद गरिएको छ। ‘हामी भारतबाट आएका हौं, फलाँटे (सुर्खेत पश्चिममा पर्ने गाउँ) घर हो तर हामीलाई त्यहाँको बारेमा थाह छैन भनेर फोन मागी भागेको शाहीले जानकारी दिय ।