
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा स्थित वीरेन्द्रचोकमा १६ वर्षपछि स्व.राजा वीरेन्द्रकाे शालिक
वर्षपछि कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचाैकमा स्व. राजा वीरेन्द्रकाे शालिक राखिएकाे छ । लामाे समयदेखि एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गर्न सकिएकाे थिएन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक राखिएको छ । बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक राखेका हुन् । राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।
झण्डै १६ वर्षपछि कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचाैकमा स्व. राजा वीरेन्द्रकाे शालिक राखिएकाे छ । राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन । पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।
राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए । उनले भने, ‘राजाको इतिहास चिनाउका लागि आवाश्यक थियो । हाम्रो इतिहास भन्ने कुरा केहो बुझ्नुपर्छ । त्यसैले राखिएको हो ।’ साथै उनले यो शालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे ।
सुर्खेत स्व. राजा वीरेन्द्रको मनपर्ने ठाँउ भएको र यहाँको विकासमा स्व. राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ।