नवौँ राष्ट्रिय पोसाक दिवस भव्यताका साथ मनाइयो
नवौँ राष्ट्रिय पोसाक र टोपी दिवस भव्यताका साथ मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस कार्यक्रम सम्पन्न गरिएको हो |
सोहि दिवसको अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ । नेपाली सास्कृति, भाषा, र नेपाल प्रतिको अतुलनीय योगदानका साथै यहि विषयमा शताब्दी पुरुष जोशीले गर्नु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई रु.११ हजार १०० नगदसहित सम्मान गरिएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०७० सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।
उक्त समारोहमा सांस्कृतिक तथा पर्यटन मन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय पोसाकको आजको यो बिद्दमान अवस्थामा छुटै महत्व रहेको बताउनुभयो|
उहाँलेले राष्ट्रिय पोसाकलाई आधिकारिकता दिनका लागि आफ्नो तर्फबाट र मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । विशिष्ट आमन्त्रित डा. निर्मलमणी अधिकारी,कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, साहित्यकार मोहन दुवाल, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेम कैदी, डा. नरेन्द्र हमाल, डा. अमोद तामाङ्ग, पुर्व एसएसपी प्रह्लाद केसी, वरिष्ठ संगितका/रगायक शिला बहादुर मोक्तान, कुन्ती मोक्तान,काभ्रे सेवा समाजको अध्यक्ष नारायण महत क्षत्री , गायक शिशिर योगी, गायक रामहरी न्यौपाने, गायक अजय अधिकारी,युवराज आचार्य, गेली शेर्पा लगायतको आतिथ्यता भयो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईँले ०७०सालमा काभ्रेबाट कार्यक्रमको सुरुवात गरिएको बताए ।
उक्त कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय धरोहर २०७८ द्वारा सम्मान गरिएको छ । यसैगरी, कार्यक्रममा पोसाक दिवसमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूमा सस्थापक सदस्य एवम् कर्णाली प्रदेश संयोजक कमल प्रसाद लामिछाने र यसैगरी लुम्बिनी प्रदेश संयोजक समिर ओलीलाई उहाहरुको अतुलनीय योगदानको उच्च कदर गर्दै कदर प्रत्र प्रदान गरियको हो र साथै धरोहर संरक्षण प्रतिष्ठान नेपालमा आबद्ध हुदै सयोग गर्दै आउनु भएको व्याक्तित्त्वहरुलाई उहाहरुको हौसला र सम्मानको निमित्त सम्मान प्रत्र प्रदान गरिएको हो |
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएको जानकारी दिए । उनले विदेशमा बसिरहेका नेपालीहरूले पनि राष्ट्रिय पोसाक दिवस उत्तिकै महत्त्वका साथ मनाइरहेको बताए । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले राष्ट्रिय पोसाकको अवधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम भव्य र शब्यताका साथ सम्पन भएको छ |