चैत्र ९, २०८२
 ब्राउनसुगरसहित पक्राउ परेका र्‍यापर लाउरे सार्वजनिक

ब्राउनसुगरसहित पक्राउ परेका र्‍यापर लाउरे सार्वजनिक

 बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ यी चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा र्‍यापर लाउरे नामले चिनिने ३२ वर्षीय आशिष राना, ३९ वर्षीय ध्रुबबहादुर थापा, ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र ३२ वर्षीय सुस्मिता गुरुङ रहेका छन् ।

प्रहरीले सुराकीका आधारमा पिछा गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम बरामद गरेको बताइएको छ । प्रहरीको थप अनुसन्धानपश्चात् पोखरा महानगरपालिका वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठाभित्र लुकाइ–छिपाइ राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्रामसमेत फेला परेको थियो ।

पक्राउ पर्नेहरूलागू औषध कारोबारी रहेको दाबी प्रहरीले गरिरहेको छ । उनीहरूका साथबाट डिजटल तराजु एकथान, नगद ३८ हजार ३५०, मोबाइल सेट पाँचथान, र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरिएको छ ।