माघ २१, २०८२
अतिरिक्त खाेप वितरण स्थगित

अतिरिक्त खाेप वितरण स्थगित

मंगलबार सुरु हुने भनिएको अतिरिक्त खोप अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थगित गरेको छ ।

म‌ंगलबार सूचना जारी गर्दै मन्त्रालयले केही लक्षित वर्गका लागि दिने भनिएको कोभिड १९ खोप अभियान हाललाई स्थगित गरिएकोजनाएको छ ।

सरकारले यसअघि कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने निर्णय गरेको थियो ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित,अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथिका व्यक्तिले अतिरिक्त खोप मात्रा पाउने भनिएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले थप प्राविधिक विषयहरू छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने बताइन् ।