माघ २१, २०८२
नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४३५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ७१५ जनाको पिसिआर परीक्षण र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

अहिले सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ।