चैत्र ९, २०८२
वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको  दुई जनालाई नगदसहित पक्राउ

वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको दुई जनालाई नगदसहित पक्राउ

वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी पूर्वीचम्पारण ढाका थाना विश्रामपुर-७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने विगन साह रहेका छन्।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले लुकाई ल्याउँदै गरेको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ।