काठमाडौं उपत्यकामा थपिए ३६९ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।
यस्तै, काठमाडौं उपत्यकामा २६८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १४५४, ललितपुरमा ६६४ र भक्तपुरमा ५६२ सक्रिय संक्रमित छन्।
नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
२६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जानकारी आएको छ |