पुस ९, २०८१
बाघको आक्रमणवाट  एक जानाको मृत्यु

बाघको आक्रमणवाट एक जानाको मृत्यु

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले आक्रमण गरी ज्यान लिएको सेतोपाटीलाई बताए। 

थारुलाई पात टिप्न गएको समूहकै बीचबाट झम्टिर बाघले लगेपछि अन्य मानिसहरू भागेर ज्यान जोगाउन सफल भएको एसपी अधिकारीले बताए।

पात टिप्न गएकी उनी भने बाघले आक्रमण गरेपछि भिडेर जोगिन सफल भएकी थिइन्।उनले आफूसँगै रहेको हँसिया प्रहार गरी बाघलाई भगाउन सफल भएकी थिइन्। बाघको आक्रमणबाट उनको दुबै पाखुरामा बाघले चिथार्दा घाउ भएका थिए। 

दाङ जिल्लासँग सीमाना जुधेको राप्ती सोनारीमा भदौयता मात्रै चार जना सर्वसाधारणको बाघको आक्रमणबाट ज्यान गएको छ। बाघको आतंक बढेपछि सर्वसाधारण त्रसित छन्। स्थानीय मेलापात जान र रातिमा एक्लै शौचालय जान समेत डराउन थालेका छन्। 

बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको झुण्ड नै रहेको यसअघि नै राष्ट्रिय निकुञ्जले जानकारी दिँदै आएको छ।