माघ २१, २०८२
माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ। 

शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डलाई  कोरोना पोजिटिभ देखिएको जानकारी आएको हो ।

अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आएको छ |

यसैबीच यो बीचमा उनीसँगको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउन र  डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्न आग्रह गरिएको छ।