माघ २१, २०८२
एकैदिन थपिए ९४४ कोरोना संक्रमित

एकैदिन थपिए ९४४ कोरोना संक्रमित

नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९४४ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।२९७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ।