माघ २१, २०८२
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारीमा लाग्न सरोकारवालाहरुलाई निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारीमा लाग्न सरोकारवालाहरुलाई निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारीमा लाग्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।

जनशक्ति व्यवस्थापनमा सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको भन्दै उनले स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई कोरोनाको तेस्रो लहर रोकथामका लागि आफ्नो तर्फबाट पूर्वतयारीमा लाग्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन्।

सुर्खेतसहित सल्यान, जाजरकोट, रुकुम र डोल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको उनले बताए ।

कर्णाली प्रदेशको राजधानी प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० बेडको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेकोले यसले पनि सम्भावित तेस्रो लहरको सामना गर्न सघाउ पुग्ने मुख्यमन्त्री शाहीले बताए।

अब कर्णाली प्रदेशमा अक्सिजन अभाव नहुने दाबी मुख्यमन्त्री शाहीको छ।

कर्णाली प्रदेशमा भित्रिने मुख्य नाकामा कोरोना परीक्षण गरेर मात्र भित्र्याईने उनले बताए। यसका लागि सर्खेतको पश्चिम नाका कुईनेमा अस्पताल सञ्चालनमा रहेको उनले बताए छन् |