माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेको छ |
माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो|
आजको बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि सहभागी थिए। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख रामप्रसाद थपलियाले बैठकले विभिन्न १३ वटा सिफारिस गरेको जानकारी दिए।
आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको हो |