माघ २१, २०८२
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। 

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हाे । 

अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्दलगायतका भेला समाराेह रोक्नका लागि बैठकले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक बढाउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । नेपालमा काेराेना संख्या बढ्दै गएकाे छ । नेपालमा आज मात्रै ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।