नेपालमा एकैदिन थपिए ११ सय ६७ कोरोना संक्रमित, २ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।
काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन जानकारी आएको हो |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९