आजदेखि राजधानीमा प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता सुरू
राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रधानमन्त्री कप टी- २० , राष्ट्रिय प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुने कुरा जानकारी आएको छ |
प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुने र टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ भने त्यसैगरी टियु मैदानमै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र प्रदेश नं. २ भिड्नेछन्।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् र यस्तै गरि दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ।
नेपालमा आजवाट पहिलो पटक प्रधानमन्त्री कप टि-२० फर्म्याटमा आयोजना हुने लागेको हो। नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्न लागेको टि-२० विश्वकप ग्लोबल छनोट (ए) प्रतियोगितालाई ध्यानमा राखेर प्रधानमन्त्री कप टी-२० फर्म्याटमा आयोजना भएको हो।
प्रतियोगितामा ७ वटा प्रदेश र तीन वटा विभागीय गरि १० टोली सहभागी रहेका छन्। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ रहेका छन् ।त्यसैगरी समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।
समूह चरणमा सबै टिमले एक-अर्कासँग एक/एक खेल खेलेपछि दुवै समूहको उत्कृष्ट दुई टिम सेमिफाइनल पुग्ने कुरा जानकारी आएको छ |