श्रावण २२, २०८२
भोलिदेखि विद्यालय बन्द हुने, सञ्चालन भइरहेकाे परीक्षा नरोकिने

भोलिदेखि विद्यालय बन्द हुने, सञ्चालन भइरहेकाे परीक्षा नरोकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको प्रवक्ता दीपक शर्माले जानकारी दिए । शर्माले प्रेस विज्ञप्ति जारी गर्दै बिदाको अवधिका सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन विद्यालयलाई आग्रह गरेका छन् ।notic covid 9-26 

कोरोना संक्रमण बढ्दै गएपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

विज्ञप्तिमा बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई स्थानीय स्वास्थ्य चौकी मार्फत खोप लगाउन हुँदा विद्यालयसँग समन्वय गरी खोप लगाउन अनुरोध गरिएको छ ।

त्यस्तै, विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्व निर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना हुनेगरी जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।