पुस ९, २०८१
काठमाडौं उपत्यकामा भोलिदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने

काठमाडौं उपत्यकामा भोलिदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको हो। 

१८ वर्ष मुनिका भन्नाले १७ वर्ष ११ महिना २९ दिन मुनिका हुनुपर्ने मन्त्रालयले जनाएको छ। बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै सुरू भइसकेको जनाएको छ। त्यसैले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयको  अनुरोध रहेको  छ।