माघ २१, २०८२
कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय

कैलालीको कैलारी गाउँ कार्यपालिकाको बैठकले थारु बाहुल उक्त पालिकामा पुस ३०, माघ १ र २ गते बिदा दिने निर्णय गरेको सूचना अधिकारी यगम कलेलले बताएका छन् |तीन दिन सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने कलेलले जानकारी दिए।

थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने सबभन्दा ठूलो पर्व माघी भएको कारणले कैलारी गाउँपालिकामा ९५ प्रतिशत थारू जातिको बसोबास गर्ने भएको हुनाले  सार्वजनिक बिदा दिने तय भएको हो । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको थियो।