पुस ९, २०८१
   कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान

कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ ।

करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने “प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ ।” 

दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो ।

यसैबीच प्रदेशका पाँच जिल्लाका अस्पतालले अझै प्लान्ट सञ्चालनमा ल्याउन सकेका छैनन् । प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्लान्ट जडानको प्रक्रिया अघि बढाइए पनि ती जिल्लामा प्लान्ट निर्माणको काम सम्पन्न हुन सकेको छैन  ।

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा आठ जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला रु ४० लाखका दरले बजेट विनियोजन गरेको आधिकारिक कुरा स्रोत बाट जानकारी आएको छ  । रासस