चैत्र ९, २०८२
भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको हो |

पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए । अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो ।