माघ २१, २०८२
नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

नारायण सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।

पौड्यालले पनि आजबाट सेनाको प्रवक्ताको जिम्मेवारी सिलवाललाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।  पौड्यालले आफ्नो कार्याकालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनको भनाई यस्तो रहेको छ ; ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’

सोहि कार्यक्रममा उनले भनेका छन् मलाई सुझाव र सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकटगरेका छन् |