माघ २१, २०८२
काठमाडौंमा  सरकारी अस्पातालबाहेक ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने

काठमाडौंमा सरकारी अस्पातालबाहेक ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने

कोरोना विरूद्धको खोप लगाउने मानिसको संख्या बढेसँगै काठमाडौंमा केही निजी अस्पतालबाट पनि खोप लगाउन पाइने भएको जानकारी आएको छ |

त्यसैगरी ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध हुनेछ।

यसअघि काठमाडौंमा ११ खोप केन्द्र थभयातापनि  सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।

सोहि सुचना अनुसार काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

यस्तै गरि  काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ आएको छ |स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ। खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको र सोहि खोप आफु अध्यनरत विधालयमा नै लगाईने व्यवस्था गरिएको छ |