माघ २१, २०८२
गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ

गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ

कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ | 

२८ गते  एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको जानकारी दिएको हो |नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भनिएको छ।

सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जानकारी दिएको छ |

पत्रकारहरूको हकमा भने सूचना विभागको परिचयपत्रको आधारमा मात्रै प्रवेश गराउने मन्त्रालयले जनाएको छ। त्यसैगरि सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने पहिलेकै पास-परिचयपत्रबाट प्रवेश दिइनेछ।