माघ २१, २०८२
२४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक भएको तथ्यांकअनुसार ५०८७ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो।  बितेको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ |

सोही अनुरुप अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको हो । 

 नेपालमा संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।