सुर्खेतमा माघ १ गते शनिबार राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा शनिबार राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । सुर्खेत प्रशासनले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै शनिबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ‘स्मार्ट लकडाउन’ को घोषणा गरिएको छ ।
सार्वजनिक सवारी साधनको सन्दर्भमा स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ भने सबै यात्रुहरुले मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने जानकारी दिएको हो । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइ गर्नुपर्नेछ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार खोप कार्ड मोबाइलमा फोटो भएपनि ले मान्य हुनेछ भने र कुनै पनि आवश्यक कार्यक्रम जसमा २५ जना राखेर संचालन गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्ने जानकारी दिनुभयो |
आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।
त्यस्तै गरि प्रशासन सुरक्षा निकायबाट नियमित अनुगमन गरिने जानकारी दिएको छ |