टाइगर कप भलिबलको उपाधि ,महिलातर्फ एपीएफ,पुरुषतर्फ आर्मी
त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको छ ।
आर्मीले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो ।उपाधि जित्ने क्रममा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हराएको हो । उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजार प्राप्त गरेको हो |
त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो ।महिलातर्फको उपाधि भने एपीएफले जितेको छ ।
महिलातर्फ एपीएफले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो । प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान ३ लाख प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको हो |
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपीएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार हात पारेका छन् ।