भारतबाट नेपाल आउने कोरोना पोजेटिभ भएका व्यक्ति हरु सीमाबाटै फरार
सीमा नाकामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि होल्डिङ सेन्टरमा राखिने व्यक्तिहरू विभिन्न तरिका अपनाएर भाग्ने गरेको त्रिनगर स्वास्थ्य परीक्षण केन्द्र गौरिफन्टाले जनाएको हो । स्वास्थ्य केन्द्रका संयोजक गणेश साउँदले भने, ‘केही व्यक्ति नेगेटिभ रिपोर्ट भएका व्यक्तिसँग रिपोर्ट साटेर पनि उम्कने गरेका पाइन्छन् ।’ भाग्दै गरेका धेरैलाई समात्ने पनि गरिएको उनले बताए छन् । धरै मानिस एकै पटक आउँदा अप्ठ्यारो हुने गरेको उनी बताउँछन् ।
कोरोना पोजेटिभ व्यक्ति भाग्न नपाउन भनेर स्वास्थ्य परीक्षण केन्द्रको पछाडि (पूर्व) पट्टी तार जाली लगाइएकोमा सो तारजाली काटेर धेरै जना मोहना हुँदै भाग्ने गरेको उनले बताए छन् । त्यसै गरी केही व्यक्तिले कोरोनाको नेगेटिभ रिपोर्ट आएका अर्का व्यक्तिको रिपोर्ट देखाउँदै प्रहरीको आँखा छल्ने गरेको पनि उनी बताउँछन् ।
पुस २९ गते ४० जना, पुस ३० गते ३० जना र आज माघ १ गते ३१ जना कोरोना संक्रमण पोजेटिभ भएका व्यक्ति सीमानाबाट भागेर नेपाल आएका छन् । ‘सीमामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिए आइसोलेसन सेन्टरमा लैजाने व्यवस्था नभएसम्म हामीले उनीहरूलाई नाकामै रहेको होल्डिङ सेन्टरमा रोकेर राख्ने गरेका छौं,’ संयोजक साउँदले भने, ‘उनीहरू होल्डिङ सेन्टरबाटै भाग्ने गरेका छन् । भाग्ने तरिका फरक,फरक रहेको जानकारी दिएका छन।’
यसबारेमा धनगढी उपमहानगरपालिका र पुनर्वास नगरपालिकालाई समेत जानकारी गराइ सकेको उनले बताए ।