माघ २१, २०८२
काठमाडौंका   विभिन्न स्थानमा   कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु

काठमाडौंका विभिन्न स्थानमा कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु

सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो। कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो। सञ्चालित खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल महाराजगन्जमा पनि खोप लगाउनेहरुको भीडभाड रहेको छ।

बुस्टर खोप लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ ।

यो खोप सशष्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क,  वीर अस्पताल,  शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि  लगाउने जानकारी आएको छ ।

त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि सो खोपको मात्रा लगाउने व्यवस्था गरिएको जानकारी आएको छ |