माघ २१, २०८२
 भूकम्पको उच्च जोखिममा जाजरकोट

भूकम्पको उच्च जोखिममा जाजरकोट

 कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेत संगै सिमाना जोडिएको जाजरकोट जिल्ला  भूकम्पको उच्च जोखिममा रहेको जानकारी आएको छ  ।  पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेको हुनाले यसको नकारात्मक प्रभाव भने हुने जनाकारी दिनु भएको छ ।

 प्रमुख जिल्ला अधिकारी प्रेप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्ने बताए ।  ‘हामीले भूकम्प रोक्न सक्दैनौं,’ देवकोटाले भने, ‘भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा हामीले ध्यान दिँदा सन्ततीले भूकम्पबाट क्षति व्येहोर्न नपर्ने देवकोटाले बताए ।

भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,ु कार्कीले भने ।

 यसैगरी २०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएको छ । जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिएका छन |