माघ २१, २०८२
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण

  प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई निणय गरेको  हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।

संविधानमा प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने प्रावधान छ । सोहि प्रस्ताव दुई तिहाइभन्दा बढी मतबाट पारित भएसँगै प्रदेशको राजधानीसम्बन्धी अन्य प्रस्तावमाथि निर्णयार्थ कारवाही गरिएन । प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज -पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म) तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो तापनि जनकपुरधाम निर्धारण भएको छ|