सुर्खेतमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको मृत्यु, सडक अवरुद्द
वीरेन्द्रनगरको मुख्य सडक फोरलेनमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि कर्णाली राजमार्ग ठप्प भएको छ आन्दोलनरत पक्षले सडक का मुख्य चोकमा टायर बालेर प्रदशन गरिरहेका छन्। वीरेन्द्रनगर भित्रने मुख्य पश्चिम नाका बाँगेशीमलमा मोटरसाईकल ठक्करबाट मृत्यु भएकी वीरेन्द्रनगर–२ निवासी नन्दकली कंडेलका आफन्तले राजमार्ग बन्द गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकल ठक्करबाट आइतबार मृत्यु भएको हो । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए ।
“मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताए । “शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ”, उनले भने, “प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।” प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।