चैत्र ९, २०८२
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए। ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए।

मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते रहेको मैनालीले जानकारी दिएका छन । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको उनले बताए। चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको मैनालीले बताएका छन् |