माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा खोप काड अनिवार्य
सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम बनाएको छ |गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको हो |
यसैगरी सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको छ| यसैगरी माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी भने भएको जानकारी आएको छ |अनलाइनमार्फत् जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।त्यस्तै सोहि बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको गृह मन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा पनि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउने बैठकले निणय गरेको छ |