नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको छ ।
१८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो। यस्तै औषत संक्रमणदर ५२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।