झण्डै आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण
आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण भएको छ।
२०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न सुझाव दिए।उनले नागरिकले नयाँ भवनबाट प्राप्त गर्ने सेवालाई पनि स्तरीय बनाउन आग्रह गरे।
भवन निर्माण गर्दा ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकोमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।
भवनको गत असार ६ गतेभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिएको भए पनि कोभिड महामारीका कारण सात महिना ढिलोगरी भवन निर्माण सकिएको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिएका हुन् |
भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय सञ्चालन गर्न जोखिम भएको भन्दै उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो। यसैगरी २०१६ सालमा स्थापना भएको बुटवल नगरपालिका हो |